ad ad

समाज


चोरीका १७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

चोरीका १७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ११:११,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। 

महाशाखाले उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु हाईट, भक्तपुर, गौशाला, बौद्ध टुसाल र सोह्रखुट्टे लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई बुझाएको हो।

मोटरसाइकल धनी सविना तामाङ, गणेश खकुरेल, प्रकाशमान सिंह, भिम प्रसाद दुलाल, तारा भण्डारी, अमित ठकुरी, जगतराम ढुकुछु, राजाराम थापा, सुमन राना, सकिन खड्गी, प्रविन सुवेदीले आफ्नो हराएको मोटरसाइकल फेला पारेका छन्।

महाशाखाका प्रहरी उपरिक्षक तथा प्रवक्ता रवि कुमार पौडेलले महाशाखामा एक कार्यक्रम गरी सम्बन्धित धनीलाई मोटरसाइकल जिम्मा लगाएका थिए। प्रहरीले माेटरसाइकल चाेरीमा संलग्न ३ जनालाई पक्राउ गरेकाे छ।

चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले ११८ वटा चाेरीका माेटरसाइक फेला पारी सम्बन्धित धनीकाे जिम्मा लगाएकाे जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .