ad ad

समाज


सांसदको गाडीले ठक्कर दिँदा प्रहरी जवान घाइते

सांसदको गाडीले ठक्कर दिँदा प्रहरी जवान घाइते

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १०:५२,

प्रदेश ५ का सांसद बिजय यादवको गाडीले ठक्कर दिँदा एक प्रहरी जवान घाइते भएका छन्।

घाइते हुनेमा कारागार सुरक्षा गार्ड बाँके दरबन्दी भई बालसुधार गृह हिरमिनिया बाँकेमा कार्यरत दिपक कुमार चौधरी रहेका छन्।

सांसद यादवको लु १ झ ४४२२ नं को गाडीले चौधरी सवार रा ४ प ६०५४ नं को मोटरसाइकललाई रामलिला मैदान नजिक ठक्कर दिएको थियो। चौधरीको टाउकोमा चोट लागेको र उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरले जनाएको छ। उनको अवस्था मध्यम छ।

गाडी, गाडी चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .