ad ad

खेल


‘१३ औँ दक्षिण एसियाली खेलकुद डिसेम्बर १ बाटै’

‘१३ औँ दक्षिण एसियाली खेलकुद डिसेम्बर १ बाटै’

नेपालखबर
असार ८, २०७६ आइतबार ८:५८,

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने बताएका छन्।

आइतबार रिपोर्टस क्बलको साक्षात्कारमा बोल्दै उनले आगामी डिसेम्बर एक देखि १३ औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता सुरु हुने बताएका हुन्। डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने र त्यसो भयो भने राष्ट्रघात हुने भन्दै उनले सम्पुर्ण शक्ति प्रयोग गरी प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा जोड दिए।

उनले प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले भदौ सम्ममा सम्पुर्ण संरचना निर्माणको काम सम्पन्न हुने दाबी गरे। विगतमा पटक पटक मिति सार्नुपरेको विषयलाई लिएर प्रतियोगिताप्रति नै शंका आशंका नगर्न पनि उनले आग्रह गरे।

क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले समस्या समाधान नभए शक्तिशाली नेपाल क्रिकेट बोर्ड गठन गरी क्रिकेटको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा उनले आफ्नो ४ वर्षे कार्याकालको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए। परिषद्को सदस्यसचिवका रुपमा विष्टकोे चार वर्षे कार्यकाल सोमबार सकिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .