ad ad

राजनीति


मुआब्जा लिएर पनि आन्दोलन गर्ने प्रवृति बढ्योः शहरी विकास मन्त्री

मुआब्जा लिएर पनि आन्दोलन गर्ने प्रवृति बढ्योः शहरी विकास मन्त्री

नेपालखबर
असार ८, २०७६ आइतबार ८:४४,

शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत विकास अन्तर्गत परेका ४ सय २६ रोपनी जग्गाको मुआब्जा दिईसकिएको जानकारी दिएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्राविधिक समितिको आइतबार बसेको संयुक्त बैठकमा मन्त्री राईले यस्तो जानकारी गराएका हुन्। व्यवहारले नभई कानुन अनुसार निर्णय गरिनुपर्ने भन्दै उनले २०२१ र २०५९ सालको नापीलाई आधार मानेर कानुन अनुसार ४ सय २६ रोपनीको मुआब्जा दिने काम भएको स्पष्ट पारे।

उनले काठमाडौंमा एकपटक मुआब्जा लिईसकेपछि पनि फेरि त्यही लालपुर्जा देखाएर जग्गाको लागि धाउने र समिति बनाई आन्दोलन गर्ने परिपाटी पनि देखिएको दाबी गरे। कतिपय त जग्गाको मुआब्जा दिलाईदिने भन्दै भरिया बोकेर ठेक्का लिएर घुमेको पनि आफूले देखेको उनले बताए।

उनले भने, ‘यस्ता चलखेल छन् काठमाडौं भित्र। लालपुर्जा देखाएर खाईसकेर फेरि त्यही लालपुर्जा लिएर जग्गाको लागि धाएका छन्। समिति बनाएका छन्। आन्दोलन गरेका छन्। भरिया बोकेर ठेक्का लिएर घुमेका छन् जग्गाको मुआब्जा दिलाईदिने भनेर।’

उनले भूमिसुधार ऐन २०३४ अनुसार अधिग्रहणमा परेका जग्गाबारे भूमिसुधार तथा व्यवस्था मन्त्रालय र कानून मन्त्रालयको सिफारिस र अर्थमन्त्रालयको सहमतिमा प्रक्रिया पुरा गरी आएकाहरुलाई अहिले पनि मुआब्जा दिन तयार रहेको स्पष्ट पारे।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यक्षेत्र रेहको गुहेश्वरी गोकर्र्ण खण्ड अन्र्तगत नदीभित्र परेका १ सय ८८ रोपनी जग्गाको मुआब्जा सम्बन्धी विवादका कारण कार्यमा अवरोध पुगेको भन्दै कृषि र विकास समितिले संयुक्त छलफलका लागि शहरी विकास मन्त्रीलाई बोलाएको हो।

संयुक्त बैठकमा समिति सदस्यहरुले वास्तविक पीडितले मुआब्जा नपाएको भन्दै त्यस तर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरुले भावी दिनमा यस्ता आयोजनाहरु ल्याउँदा डिपिआर तयार पार्ने समयमा नै आयोजनासँग प्रत्यक्ष सरोकार राख्ने र प्रभावित जग्गाधनीसँग छलफल गर्न सुझाव दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .