ad ad

खेल


जिम्बाबे एलाई नेपालले दियो १३७ रनको झिनो लक्ष्य

जिम्बाबे एलाई नेपालले दियो १३७ रनको झिनो लक्ष्य

नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार १२:७, काठमाडौँ

जिम्बाबे ए सँगको एक दिवसीय अभ्यास खेलमा नेपालले पाहुना टोली सामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ३१ दशमलव ३ ओभरमा १ सय ३६ रन जोड्दा अलआउट भयो। 

ओपनर कुशल भुर्तेल १९ र आशिफ शेख ५ रनमा पवेलियन फर्के। घरेलु टोलीका लागि सोमपाल कामीले बनाएको ३० रन नै सर्वाधिक रह्यो।

दिपेन्द्र सिंह ऐरीले १८, करण केसीले २५ रन जोडे। 

जिम्बाबेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट झारे। ब्रान्डन माभुता, केफास झुवाओ र भिक्टर न्याउचीले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .