विभागीय टोली नेपाल पुलिस क्लबले छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा अपराजित यात्रा कायमै राखेको छ।
बिहीबार भएको महिलातर्फको खेलमा पुलिस क्लबले न्यू डायमण्डलाई २५–११, २५–१७, २५–१५ पराजित गर्यो। पुलिस क्लबले लिगका ३ खेलमा लगातार तीन जित हात निकालेको छ। जितसँगै पुलिसले अंक तालिकामा ९ अंक बनाएको छ।
बिहीबार नै भएको महिलाको अर्को खेलमा शसस्त्र प्रहरी बलको एपीएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पाखा लगायो। एपीएफले ३ खेलबाट ६ अंक बनाएको छ।
आजै भएको पुरुषतर्फको खेलमा गलकोट स्पोर्टस् क्लब र हेल्प नेपालले जित दर्ता गरेका छन्।
गलकोटले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ सेटमा हरायो। गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो। गलकोटले अंक तालिकामा २ अंक् जोड्दा ढोरपाटनको १ अंक छ।
अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो। हेल्प नेपालले पुलिस क्लबलाई २५–२३, २५–२३ र २५–२० को जित निकालेको हो।
Shares
प्रतिक्रिया