ad ad

खेल


आईपीएलः बेंग्लोरसँग हार्‍यो चेन्नई

आईपीएलः बेंग्लोरसँग हार्‍यो चेन्नई

नेपालखबर
बैशाख २२, २०७९ बिहिबार ७:०, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्समाथि १३ रनको जित हात पारेको छ। 

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको थियो। बेंग्लोरका लागि महिपाल लोमरोरले ४२ तथा फाफ डुप्लेसिसले ३८ रन बनाएका थिए। चेन्नईका महेश थिक्सनाले ३ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्यो।

चेन्नईका लागि डेभोन कोन्वेले ५६ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त भने हुन सकेन। बेंग्लोरका हर्सल पटेलले ३ विकेट लिए। 

यससँगै बेंग्लोर ११ खेलबाट १२ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ। चेन्नई भने १० खेलबाट ६ अंकको साथमा नवौं स्थानमा छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .