ad ad

खेल


जिम्बाब्वे ‘ए’सँग नेपाल पराजित

जिम्बाब्वे ‘ए’सँग नेपाल पराजित

जितपछि जिम्बाब्वे एको टोली। तस्बिर : विक्रम राई


नेपालखबर
बैशाख १८, २०७९ आइतबार १६:२४, काठमाडौँ

जिम्बाब्वे ‘ए’ले नेपालविरुद्धको टी२० शृंखलाअन्तर्गत पहिलो खेलमा ६ विकेटको जित निकालेको छ। 

आज काठमाडौं त्रिवि मैदानमा भएको खेलमा पाहुना टोलीले ४ विकेट गुमाउँदै ७ बल अगाडि नै १८२ रनको लक्ष्य पार गरेको हो। 

त्यसअघि नेपालले ५ विकेट क्षतिमा २० ओभर खेल्दै १८२ रनको चुनौती पेस गरेको थियो।  

जिम्बाब्वे एका लागि ओपनर आई काइयाले ३० बलमा ४७ रन बनाए। उनीबाहेक टी मारुमानीले ४१ बलमा ५६ रन, टी मुनयोंगाले २३ बलमा ५० रनको योगदान गरे। त्यसबाहेक सी मादान्देले ८ बलमा ८ रन बनाए। 

त्यस्तै को मौन्जेले ५ बलमा ८ रन र आर काइयाले ६ बलमा ६ रन बनाई नटआउट रहे। नेपालले जिम्बाब्वे एलाई अतिरिक्त ७ रन दिएको थियो। 

आजको खेलमा नेपाली बलिङ खासै जम्न सकेन। नेपालका बासिर अहमदले ३.५ ओभर बलिङ गर्दै २२ रन दिएर २ विकेट झारे भने करण केसी र सन्दीप लामिछानेले समान १÷१ विकेट लिए।

सन्दीपले ५० रन दिँदा करणले ३५ रन दिएका थिए। विकेट झार्न नसकेका सोमपाल कामीले २ ओभर बलिङ गर्दै १९ रन दिँदा ४ ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले शून्य विकेटमा २४ रन दिए। 

यसअघि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १८१ रन बनाएको थियो। 

नेपालका लागि कुशल भुर्तेलले ३१ बल खेल्दै ४६ रनको योगदान गरे। त्यस्तै आसिफ शेखले १६ बलमा ९ रन, रोहितकुमार पौडेलले २६ बलमा ३६ रन, दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन बनाए। आरिफ शेख ४ बलमा २ रन जोड्दा क्याचआउट हुनपुगे।

ऐरीपछि ब्याटिङमा आएका महम्मद आदिल खान अर्धशतक बनाउन ३ रनबाट चुके। उनले २७ बल खेल्दै ४७ रन बनाए। त्यस्तै करण केसीले ४ बलमा ४ रन बटुले। 

नेपालले ९ अतिरिक्त रन उपहार पाएको थियो। 

जिम्बाब्वे एका लागि ब्राड इभान्स, ल्युक जोंग्वे, ब्रान्डोन माभुता र जोन मासाराले समान १÷१ विकेट लिए। मासाराले सर्वाधिक ४९ रन दिएका थिए। माभुताले २९, जोंग्वेले ४२, इभान्सले ३९ र विकेट लिन नसकेका न्याउचीले १९ रन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .