ad ad

खेल


जिम्बावेविरुद्ध एक दिवसीय र टी-ट्वान्टी खेल्ने नेपाली टोली घोषणा

जिम्बावेविरुद्ध एक दिवसीय र टी-ट्वान्टी खेल्ने नेपाली टोली घोषणा

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०७९ शुक्रबार १६:१८, काठमाडौँ

शनिबारदेखि हुने जिम्बाब्वेविरुद्धको एक दिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे 'ए' विरुद्धको एकदिवसीय सिरिजका शुक्रबार सन्दीय लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो। 

१६ सदस्सीय उक्त टोलीमा आसिफ शेखदेखि आदील अन्सारीसम्म अटाएका छन्। नेपालले त्रिवि क्रिकेट मैदानमा जिम्बावे 'ए' विरुद्धको तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने तालिका छ। 

एक दिवसीय सिरिज सकिएपछि वैशाख २३ देखि २६ गतेसम्म टी-ट्वान्टी सिरिज हुनेछ। 

नेपाली टोली :

कप्तान सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, देव खनाल, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी,  करण केसी, रोहित पौडेल, सोमपाल कामी,  सागर ढकाल, कुशल भुर्तेल, विक्रम सोब, सुनिल धमला, किशोर महतो, आदिल अन्सारी र सुशन भारी। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .