ad ad

खेल


काठमाडौँको मञ्जुश्री ट्रेल रेसमा दौडिँदै गरेका जर्मनीका फ्रेड्रिक भन्छन्– यो पटक आफ्नै लागि केही तयारी गरेको छु

काठमाडौँको मञ्जुश्री ट्रेल रेसमा दौडिँदै गरेका जर्मनीका फ्रेड्रिक भन्छन्– यो पटक आफ्नै लागि केही तयारी गरेको छु

मञ्जुश्री ट्रेलरेसमा दोस्रोपटक सहभागी हुनलागेका जर्मन नागरिक फ्रेड्रिक लिङक। तस्बिर : विजय सिंह


लक्ष्मी जि.सी
बैशाख १६, २०७९ शुक्रबार ११:४२, काठमाडौँ

नेपालमा विगत ३ वर्षदेखि बसिरहेका जर्मन नागरिक फ्रेड्रिक लिङक मञ्जुश्री ट्रेल रेसअन्तर्गत ५४ किमि दौडमा सहभागी हुँदै छन्। 

जर्मन युनिभर्सिटीको नेपाल प्रतिनिधिको रुपमा काम गरिरहेका फ्रेड्रिक शुक्रबारदेखि सुरु हुने दुईदिने ट्रेल रेसको ५४ किमि दौडका लागि उत्साहित छन्। 

गत वर्ष पनि ट्रेल रेसमा सहभागी भएका फ्रेड्रिकले यो पटक सहभागी हुन लागेको बताए। 

उनले नेपालखबरसँग भने, ‘पहिला दौड पूरा गर्न सकेको थिइनँ तर यो पटक दौड पूरा गर्ने सोचमा छु।’

उनले भने पहिले दौडन पाउँदा खुसी लागेको बताउँदै जित्नका लागि नभई आफ्नो लागि दौडिन लागेको उल्लेख गरे।  

मञ्जुश्री ट्रेल रेसअन्तर्गत ५४ किमि ट्रेल रेसमा ६७ जना धावक सहभागी हुँदै छन्। 

ट्रेलमाण्डुको आयोजनामा हुनलागेको दोस्रो संस्करणको मञ्जुश्री ट्रेल रेसको ५४ किमि दौडमा ४८ जना पुरुष र १९ जना महिला धावकले नाम दर्ता गराएको ट्रेलमाण्डुका आशिष मिश्रले बताए। 

५४ किमिमा ५० जना नेपाली र १७ जना विदेशी धावक सहभागी हुनेछन्। ५४ किमि दौड ललितपुरको गोदावरी नगरपालिकाको चापाखर्कबाट सुरु हुनेछ। 

५४ किमि दौड शनिबार बिहान सुरु हुनेछ। यो दौडमा सहभागी हुन सबै विदेशी धावकहरु काठमाडौं आइपुगेका छन्।  

काठमाडौं सहरको नजिकबाट डाँडा, हिमशृङ्खलाहरु हेर्दै दौडिन पाइन्छ। पहिलाको वर्षभन्दा यो वर्ष दौडिन गाह्रो हुने उनले अनुमान गरेका छन्। 

‘पहिला चिसो मौसम थियो, त्यसैले केही सहज पनि भएको थियो। तर योपटक निकै गर्मी छ, गाह्रो हुन्छ होला’, उनले भने। 

गत वर्ष विना तयारी दौडिएका उनी यो पटक भने केही तयारी गरेका छन्। सानोमा फुटबल खेल्ने साइक्लिङ गर्ने उनले नेपालबाटै दौडिन सुरु गरेका हुन। 

उनले थपे, ‘यो पटक केही तयारी गरेको छु तर जित्नका लागि भन्दा पनि आफ्नो लागि नै!’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .