ad ad

खेल


थ्रिस्टार क्लबका कप्तान लामा खेलाडी संघको अध्यक्षमा निर्वाचित

थ्रिस्टार क्लबका कप्तान लामा खेलाडी संघको अध्यक्षमा निर्वाचित

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १४:२५, काठमाडौँ

थ्रिस्टार क्लबका कप्तान तथा मिडफिल्डर विक्रम लामा खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन्। 

खेलाडी संघको आइतबार बसेको निर्वाचन समितिको बैठकले अध्यक्षमा लामाको नाम अनुमोदन गरेको हो। 

संघको उपाध्यक्षमा विकेश कुथ्ु, सुजल श्रेष्ठ र विराज महर्जन उपाध्यक्षमा निर्वाचित भएका छन्। 

यस्तै संघको सदस्यमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तिमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्। 

अध्यक्ष लामालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रशंसा पत्र वितरण गर्दै कार्यकालको शुभकामना दिए। 

नवनिर्वाचित अध्यक्ष विक्रम लामाले खेलाडीहरुको गुनासोलाई सम्बोधन गर्दै खेलाडीको हितमा काम गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .