धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन्।
धनगढी रंगशालामा हुने खेल साँझ ६ बजेपछि सुरु हुनेछ।
आर्मीले बागमती युवा क्लबलाई ७–० ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो।
एपीएफले भने विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो।
१० गतेसम्म चल्ले प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फका खेलाडीले भने जनही १० हजार रुपैयाँ पाउनेछन्।
30
Shares
प्रतिक्रिया