ad ad

खेल


इंग्लिस प्रिमियर लिग: आर्सनल र टोटेनहम हटस्परले हारे

इंग्लिस प्रिमियर लिग: आर्सनल र टोटेनहम हटस्परले हारे

नेपालखबर
बैशाख ४, २०७९ आइतबार ७:१, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा आर्सनल र टोटेनहम हटस्परले हार भएको छ। 

सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा आर्सनल साउथ ह्याम्टनसँग तथा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले हारेका हुन्। 

पहिलो हाफमा जान बेडेनारकले गरेको एक गोल नै घरेलु टोली साउथ ह्याम्टनको जितका लागि निर्णायक बन्यो। 

यो हारसँगै आर्सनल चौथो स्थानमा उक्लने अवसर गुमाउँदै छैटौं स्थानमा झरेको छ। आर्सनलले ३१ खेलबाट ५४ अंक बनाएको छ। उता विजयी साउथ ह्याम्टन ३९ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ।

प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनसँग १–० ले नै पराजित टोटेनहमको हारमा बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा लियान्द्रो ट्रोससार्डको गोल निर्णायक बन्यो। 

यो हारसँगै टोटेनहमले तेस्रो स्थानको चेल्सीसँगको अंक अन्तर घटाउने अवसर गुमाएको छ। टोटेनहम ३२ खेलबाट ५७ अंकका साथ चौथो स्थानमा छ। विजयी ब्राइटन ४० अंक जोडेर १०औं स्थानमा छ। 

यस्तै अन्य खेलामा नर्विच सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–२ तथा ब्रेन्टफर्डले वाट्फोर्डलाई १–२ ले हराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .