ad ad

खेल


न्यु डायमन्ड यसपटक प्रतिभा र झरनाविनै भलिबल लिगमा उत्रिने

न्यु डायमन्ड यसपटक प्रतिभा र झरनाविनै भलिबल लिगमा उत्रिने

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार १५:५२, काठमाडौँ

आरबीबी एनभीए राष्ट्रिय भलिबल लिगको महिलातर्फको विजेता न्यु डायमण्ड क्लबले यो संस्करण भने मुख्य खेलाडी प्रतिभा मालीविना नै खेल्नुपर्ने भएको छ। 

राष्ट्रिय टोली तथा न्यु डायमन्ड स्पोट्र्स क्लबकी ओपन स्पाइकर प्रतिभा मालीको घुँडाको चोट पुनः बल्झिएसँगै न्यु डायमण्ड उपाधि रक्षा चुनौतीपूर्ण भएको छ। 

गत चैतमा नेपालगञ्जमा भएको आठौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दा दुःखाइ महसुस गरेको प्रतिभाले बताइन्। 

प्रतियोगितापछि सुनिएको थियो। त्यसले दुःखाइ भइरहेको थियो। 

दुःखाइपछि उनले एमआरआई परीक्षण गराएकी थिइन्, रिपोर्ट आएपछि डाक्टरले कम्तीमा तीन महिना आराम गर्न भनेका थिए। 

उनले भनिन्, ‘लिग खेल्न नपाउँदा दुःख त लागेको छ तर नयाँ बहिनीहरुले मौका पाउँछन्।’ 

च्याम्पियन न्यु डायमण्ड यो पटक प्रतिभा र झरनाविना नै खेल्ने भएको हो। 

यसअघि डायमन्डकी उदीयमान ओपन स्पाइकर झरना श्रेष्ठले पनि भलिबल नखेल्ने बताइसकेकी छिन्।

योसँगै प्रतिभाले जेठ २० देखि गण्डकी प्रदेशमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद पनि गुमाउनेछिन्।  

एनभीए लिगको छैटौँ संस्करण वैशाख १८ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .