ad ad

खेल


चितवनमा साम्बा र पुनम सम्मानित

चितवनमा साम्बा र पुनम सम्मानित

नेपालखबर
चैत ३०, २०७८ बुधबार १८:५०, काठमाडौँ

नेपाल एपीएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) र त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेन्डर पुनम जर्घामगर चितवन फुटबल संघबाट नगदसहित सम्मानित भएका छन्। 

संघले साम्बा र पुनमलाई बुधबार एक कार्यक्रमका बीच जनही ५० हजार रुपैयाँले सम्मान गरेको हो।

पुनम र साम्बालाई चितवन फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले नगदसहित सम्मान गरेका हुन्। बुधबार पहिलो चरणको खेल सकिएपछि चितवन फुटबल संघले दुई खेलाडीलाई सम्मान गरेको हो।

चोटपछि लामो समय मैदान बाहिर रहेका साम्बा र पुनमले महिला लिगबाट फुटबलमा पुनरागमन गरेका थिए। चोटपछि मैदान फर्कन सफल भएको भन्दै आफुहरुलाई सम्मान गरेको साम्बाले बताइन्।

चोट बोकेको १३ महिनापछि मैदान फर्केकी साम्बाले लिगमा १४ गोल गरिसकेकी छिन्। साम्बाले गत संस्करणको महिला लिगमा घुँडामा चोट बोकेकी थिइन्। 

गत भदौमा घरेलु मैदानमा भएको बगंलादेशसँगको मैत्रीपूर्ण खेलका क्रममा मुटुमा समस्या देखिएपछि पुनम मैदान बाहिर थिइन्। असोजमा मुटुको शल्यक्रिया गरेकी पुनमले ८ महिनापछि महिला लिगबाट नै पुनरागमन गरेकी थिइन्।

राष्टिय महिला लिगको पहिलो चरणको खेल बुधबार चितवनमा सम्पन्न भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .