ad ad

खेल


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो जेठमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो जेठमा

पाेखरा रंगशाला/ निर्माण सम्पन्न हुने तरखरमा।


नेपालखबर
चैत ३०, २०७८ बुधबार १५:२५, काठमाडौँ

कोरोना महामारीका कारण पटक पटक सर्दै आएको नवौं राष्ट्रिय खेलकुद आगामी जेठमा हुने भएको छ। 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नवौँ राष्ट्रिय खेलकुद आगामी २०७९ जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको हो।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्टिय खेलकुद गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। 

नवौँ खेलकुदलाई एशियाली खेलकुदको अन्तिम छनोटको रुपमा रहने युवा तथा खेलकुद मन्त्री गहतराजले बताए।

एसियाली खेलकुद २०७९ भदौ २५ गतेदेखि असोज ९ गतेसम्म चीनको हान्झाउमा हुनेछ। 

आठौं राष्ट्रिय खेलकुद २०७५/७६ मा लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .