ad ad

खेल


न्युज२४ ले जित्यो एफएनजे मिडियाकप फुटसलको उपाधि

न्युज२४ ले जित्यो एफएनजे मिडियाकप फुटसलको उपाधि

नेपालखबर
चैत २९, २०७८ मंगलबार १७:४४, काठमाडौँ

एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले उचालेको छ। 

ललितपुरको च्यासलस्थित नेसनल स्पोट्र्स सेन्टरमा मंगलबार भएको फाइनल खेलमा नेपाल पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ ले पराजित गर्दै न्युज २४ ले उपाधि हात पारेको हो। 

उपाधिसँगै न्युज २४ ले २५ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको ललितपुर शाखाले १५ हजार रुपैयाँ पायो। 

मंगलबार नै सेमिफाइनलमा न्युज २४ ले नेपाल पत्रकार महासंघ कास्की शाखालाई ७–२ ले पाखा लगायो। अर्को सेमिफाइनलमा ललितपुर शाखाले शिलापत्र डटकमलाई ४–१ हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए। 

प्रतियोगितामा न्युज २४ का सुरज मर्हजन उत्कृष्ट खेलाडी तथा न्युज २४ कै पीयुष बहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए। उनीहरुले समान २५ सय रुपैयाँ प्राप्त गरे। 

नेपाल पत्रकार महासंघले ६७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा १४ टोली सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .