एएफसी फुटसल एसियन कप छनोटमा नेपालले दोस्रो खेलमा लज्जास्पद हार भोगेको छ।
कीर्गिस्तानको विश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा सोमबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएको हो।
यो हारका क्रममा नेपालले सुरुवाती गोल गरेको थियो। तर दोस्रो हाफमा नेपालले १० गोल खायो।
नेपालका लागि आदील हामिदले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा १० गोल खाँदै नेपालले लगातार दोस्रो हार भोग्यो।
यस हारपछि नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले हार्न पुगेको थियो।
बाहिरिए पनि सेन्ट्रल र साउथ जोनअन्तर्गत समूह 'बी' मा रहेको नेपालले अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्दैछ।
63
Shares
प्रतिक्रिया