ad ad

खेल


आईपीएलः दिल्ली र राजस्थानको जित

आईपीएलः दिल्ली र राजस्थानको जित

नेपालखबर
चैत २८, २०७८ सोमबार ७:७, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले जित हात पारेका छन्।

दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४४ रनले हराउँदा राजस्थानले लखनऊ सुपर जायन्ट्समाथि ३ रनले जित हात पारेको हो। 

आइतबार कोलकातालाई हराउने क्रममा दिल्लीले पहिला ब्याटिङ गर्दै २१५ रनको विशाल स्कोर खडा गरेको थियो।

दिल्लीका पृथ्वी शाहले ५१ र डेभिड वार्नरले ६१ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १९ ओभर ४ बलमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो। 

कोलकाताको लागि श्रेयस ऐय्यरले ५४ रन बनाए पनि त्यो जितका लाग पर्याप्त हुन सकेन। 

अर्को खेलमा पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा १६५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको लउनऊले पूरा ओभर खेलेर १६२ मात्र बनायो।

यससँगै राजस्थान लिगको शीर्षस्थानमा उक्लिएको छ। उसले ४ खेलबाट ६ अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .