ad ad

खेल


अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

नेपालखबर
चैत २७, २०७८ आइतबार १७:२०, काठमाडौँ

थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ। उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन्। 

सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन्। रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन्। उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन्। सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो। 

प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए। नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए।

गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको मुख्य प्रशिक्षक थापामगरले जानकारी दिए। प्रतियोगितामा नेपालका धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .