ad ad

खेल


बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सहप्रायोजन सम्झौता, एन्फा निर्वाचन प्रतिनिधिमा थापा

बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सहप्रायोजन सम्झौता, एन्फा निर्वाचन प्रतिनिधिमा थापा

नेपालखबर
चैत २३, २०७८ बुधबार १६:५१, काठमाडौँ

सिद्धार्थ बैंकले सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबलाई सहप्रायोजन गर्ने भएको छ। 

बैंक र क्लबबीच बुधबार यससम्बन्धी सम्झौता भएको हो। काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे। 

बैंकले क्लबसँग चार लाख रुपैयाको एकवर्षे प्रायोजन सम्झौता गरेको हो। बाँसबारीका अध्यक्ष थापाले भने, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलबासी अत्यन्त खुसी छौ।’ 

स्थानीय बासिन्दा दीपेश आचार्यको पहलमा यो सहकार्य सम्भव भएको थापाले बताए। 

यो सहयोगले नेपालको फुटबल विकास र क्लबको उद्देश्य तथा लक्ष्य प्राप्त गर्न ठूलो सहयोग मिल्ने उनको भनाइ छ। 

सिद्धार्थ बैंकका एजीएम पन्तले बाँसबारी क्लबसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। 

उनले भने, ‘हामी यसरी नै बाँसबारी क्लबसँग खेलकुद र सामाजिक कार्यमा सहकार्य गर्दै अगाडि बढ्नेछौँ। अहिलेलाई एक वर्षको सम्झौता गरेका छौँ। यो सम्झौतालाई आगामी वर्ष पनि निरन्तरता दिएर अगाडि बढ्नेछौँ।’

बाँसबारी क्लबको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ। क्लबले अराउन्ड द हिमालयजसँग १० लाख रुपैयाँको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो। 

क्लबको अन्य सहप्रायोजकमा चोयु ट्रेकिङ प्रालि, हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रालि छन्।

एन्फा निर्वाचनको लागि प्रतिनिधि चयन
यसैबीच, काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा बुधबार भएको कार्यसमिति बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी निर्वाचनको लागि अध्यक्ष प्रेम थापालाई मताधिकारसहितको प्रतिनिधि र महासचिव रमेशकुमार कार्कीलाई प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .