खेल


टिकट काटेकी थिएँ, क्यानले नै भीआईपी बक्समा बोलायो : रचना रिमाल

टिकट काटेकी थिएँ, क्यानले नै भीआईपी बक्समा बोलायो : रचना रिमाल

त्रिवि क्रिकेट मैदानमा गायिका रचना रिमाल


नेपालखबर
चैत २२, २०७८ मंगलबार २१:४९, काठमाडौँ

गायिका रचना रिमालले त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत नेपाल र पपुवा न्युगिनीबीचको फाइनल भिडन्तका दिन आफू टिकट काटेरै कीर्तिपु मैदानमा पुगेको बताएकी छन्। 

यसअघि उक्त सिरिजका सबै खेल फोनबाट हेरे पनि फाइनल म्याच मैदानमै समर्थकसँग बसेर हेर्न आफूले २ सय रुपैयाँको टिकट काटेर पुगेको पनि उनले बताएकी छन्। 

उनले फाइनल खेलमा नेपालको इनिङ समर्थकहरुबीचमा हेरेको बताउँदै दोश्रो इनिङको ५ ओभरपछि क्यानको निम्तोमा भीभीआईपी बक्समा गएको पनि बताएकी छन्। 

'दोस्रो इनिङको ५ ओभरपछि क्यानको निम्तोा भीभीईपी बक्समा बसेर अन्तिमसम्म खेल हेरेँ', उनले भनेकी छन्,'खेलपछि सबै अतिथिसँगै पुरस्कार वितरण समारोहमा सरिक भएको थिएँ। त्यसै समय केही खेलाडी र प्रशिक्षकसँग फोटो खिच्ने अवसर प्राप्त गरेको हुँ।'

उनले क्यानकै निम्तोमा भीभीआईपी बक्स र मैदानमा गए पनि आफूलाई स्पष्टीकरण सोधिन लागेको समाचारले आश्चर्यचकित बनाएको पनि बताएकी छन्। 
तर केही समाचारहरुमा मलाई क्रिकेट एअसोसिएसन अफ नेपाल (क्यान) ले मैदान प्रवेश गरेकोबारे स्पष्टीकरण सोधेको भन्ने समाचार गलत भएको पनि उनले बताएकी छन्। 

'जुन कुरा सरासर गलत हो। क्यानका पदाधिकारी प्रशान्तविक्रम मल्ललाई मैले  टेलिफोनमार्फत बुझ्दा पनि त्यस्तो केही नभएको बताउनु भयो', उनले थपेकी छन्, 'तपाईंलाई हामीले बोलाएका हौँ, तपाईँ हाम्रो अतिथि हो, हामीले त्यस्तो किन गर्ने?', भन्नु भएको छ।'

उनले गलत समाचार आएको भन्दै आपत्ति जनाएकी छन्। उनले झुटो समचार लेखिएको भन्दै आवश्यक कानुनी कारबाहीका लागि प्रकृया अगाडि बढाउने पनि बताएकी छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .