ad ad

खेल


आईपीएलः हैदराबादमाथि लखनऊको जित

आईपीएलः हैदराबादमाथि लखनऊको जित

नेपालखबर
चैत २२, २०७८ मंगलबार ६:५५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा नयाँ टोली लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादमाथि १२ रनको जित हात पारेको छ। 

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो।

लखनऊका लागि कप्तान केएल राहुलले ६८ रन बनाए भने दीपक हुड्डाले ५१ रनको पाली खेले। 

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।

उसका लागि राहुल त्रिपाठीले ४४ तथा निकोलास पूरनले ३४ रन बनाए पनि हार भने टार्न सकेनन्। 

हैदरावादको लागि जारी आईपीएलमा यो लगातार दोस्रो हार हो। लखनऊले भने ३ मध्ये २ खेलमा जित हात पारेको छ। 

आज आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .