ad ad

खेल


आफ्नै मैदानमा हार्‍यो डर्टमन्ड

आफ्नै मैदानमा हार्‍यो डर्टमन्ड

नेपालखबर
चैत २०, २०७८ आइतबार ८:३, काठमाडौँ

जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्ड आरबी लाइपजिगसँग घरेलु मैदानमै हारेको छ। हार बेहोरेको छ। शनिबार राति भएको खेलमा डर्टमन्ड ४–१ गोल अन्तरले हारेको हो। 

लाइपजिगलाई जिताउन कोनरार्ड लाइमेरले दुई तथा क्रिस्टोफेर कुन्कु र डानी ओल्मोले एक–एक गोल गरे।डर्टमन्डका डेनिएल मालेनले एक गोल फर्काए पनि यो टोलीले अन्य गोल गर्न  सकेन। 

खेलको २१औं मिनेटमा लाइमेरको गोलबाट अग्रता लिएको लाइपजिगका लागि ३०औं मिनेटमा पुनः उनैल अर्काे गोल गरे। 

पहिलो हाफमा २–० गोलले अगाडि भएको लाइपजिगका लागि दोस्रो हाफअन्तर्गत ५७औं मिनेटमा क्रिस्टोफरले गोल गरे। ८४औं मिनेटमा डर्टमन्डका डेनिएलले एक गोल फर्काए। तर ८६औं मिनेटमा लाइपजिगका ओल्मोले गोल गरेपछि उनको टिम ४–१ ले विजयी भएको हो।

जितसँगै लाइपजिगले २८ खेलबाट ४८ अंक बनाएर चौथो स्थानमा छ। पराजित डर्टमन्ड ५७ अंकका साथ दोस्रो स्थानमा छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .