एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट खेलमा नेपालका रोहित पौडेलले पाँचौंअर्धशतक पूरा गरेका छन्।
कीर्तिपुर मैदानमा भईरहेको पपुवा न्यूगिनीविरुद्धको खेलमा रोहितले ओडीआई करिअरको पाँचौं अर्धशतक पूरा गरेका हुन्।
२८औं ओभरको दोस्रो बलमा १ रन जोड्दै रोहितले अर्धशतक पूरा गरेका थिए। रोहितले ५४ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
यसअघि रोहितले २०१९ जनवरीमा यूएई, २०२१ सेप्टेम्बरमा पीएनजी र अमेरिका तथा २०२२ मार्चमै पीएनजीविरुद्ध अर्धशतकीय पारी खेलेका थिए।
यसै खेलमार्फत रोहित ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउँने खेलाडी समेत बनेका छन। उनले ज्ञानेन्द्र मल्लले बनाएको ४८० रनको स्कोरलाई पछि पारेका हुन्। रोहितले समाचार तयार पार्दासम्म ५१४ रन बनाइसकेका छन्।
यस्तै ओडीआईमा पाँच अर्धशतक हिर्काउने पनि उनी एक्ला खेलाडी हुन। उनीपछि ज्ञानेन्द्रले ४ अर्धशतक प्रहार गरेका छन।
Shares
प्रतिक्रिया