कतार विश्वकप २०२२ को लागि दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
ब्राजिललाई जित दिलाउने क्रममा नेयमार, फिलिप काउटिन्हो, भिनी जुनियर र रिचार्लिसनले १/१ गोल गरेका थिए।
यससँगै ब्राजिलले दक्षिण अमेरिकी छनोटमा १६ खेलबाट ४२ अंक हात पारेको छ।
ब्राजिल यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ। चिली १७ खेलबाट १९ अंकका साथ सातौं स्थानमा छ।
129
Shares
प्रतिक्रिया