ad ad

खेल


आजदेखि राष्ट्रिय महिला लिग सुरु हुँदै, पहिलो खेलमा आर्मी र एपीएफ भिड्दै

आजदेखि राष्ट्रिय महिला लिग सुरु हुँदै, पहिलो खेलमा आर्मी र एपीएफ भिड्दै

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०७८ बिहिबार ११:२०, काठमाडौँ

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा बिहीबार एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन्। 

डबल राउण्ड रोबिनमा हुने लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा हुनेछ।

उद्घाटन खेल साँझ ४ बजेपछि सुरु हुनेछ। लिगमा आज एक खेल मात्र हुनेछ। बाँकी दिन भने दुई खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगरस्थित खेल मैदानमा हुनेछ। लिगका लागि एन्फा र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको थियो।

पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ। दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ। 

लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लब, धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुरले स्पर्धा गर्नेछन्। लिगका लागि टोलीले ४ विदेशी खेलाडी राख्न पाउनेछन्। 

लिग विजेताले २० लाख तथा उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले ५ र चौथो हुने टोलीले ३ लाख रुपैयाँ पाउनेछन्। 

फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ। लिगको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ। उत्कृष्ट गोलरक्षक र स्ट्राइकरले समान ५० हजार तथा उदीयमान खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको प्लेयर अफ दि म्याचले दश हजार पाउनेछन्। 

लिगको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .