ad ad

खेल


दशक उत्कृष्ट महिला खेलाडी अवार्ड साम्बालाई

दशक उत्कृष्ट महिला खेलाडी अवार्ड साम्बालाई

सावित्रा भण्डारी साम्बा। तस्बिर : विक्रम राई


नेपालखबर
चैत ८, २०७८ मंगलबार १७:४५, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी फरर्ड सावित्रा भण्डारी (साम्बा) एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशक उत्कृष्ट महिला घोषित भएकी छिन्। 

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोर्ट्स अवार्डमा यो पटक दशक अवार्ड प्रदान गरेको हो। 

सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी साम्बा नेपालकी सर्वाधिक गोलकर्ता हुन्। दक्षिण एशियाकै उत्कृष्ट फरवार्डको परिचय बनाएकी साम्बाले राष्ट्रिय टोलीबाट ३८ क्यापमा ३८ गोलको कीर्तिमान छ। 

सन् २०१६ मा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा साम्बाले १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। 

२०१६ मै भएको सातौँ राष्ट्रिय खेलकुद, २०१९ मा भएको साफ च्याम्पियनसिप तथा भारतमा भएको हिरो वुमन्स गोल्डकपमा समान ४ गोल गर्द सर्वाधिक गोलकर्ताको उपाधि जितेकी थिइन्। 

सन् २०१८–१९ मा मालदिभ्समा भएको फुटसलमा पुलिस क्लबबाट व्यवसायिक फुटबल खेलेकी थिइन्। यस्तै सन् २०१८–१९ तथा भारतमा भएको आई लिगमा सेथु एफसी  लाई तथा २०१९–२० मा गोकुलम केरला एफसीलाई च्याम्पियन बनाउँदा उनी सर्वािधक गोलकर्ता समेत बनेकी थिइन्। 

यस्तै सन् २०१९ मा भएको पल्सर स्पोर्टस् अवार्डमा साम्बा वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन्। यस्तै सन् २०२१ मा भएको महिला लिगमा उनी आवद्ध एपीएफ क्लब च्याम्पियन बन्दा उनले ४३ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .