आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको यूएईसँगको खेलमा नेपालले हारेर फिल्डिङ गरिरहेको छ।
आजको खेलमा नेपाली टोलीमा विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरीलाई स्थान दिइएको छ।
यूएई लिग तालिकाको दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ।
७ टोली सम्मिलित तालिकामा नेपाल भने छैटौं स्थानमा छ। नेपालले ९ खेलबाट १० अंक हात पारेको छ।
यो सिरिजको बाँकी सबै खेल जित्ने हो भने नेपाल लिगको तेस्रो स्थानमा आउन पुग्नेछ।
जारी सिरिजमा यूएई र नेपाल दुवैले पीएनजीमाथि जित हात पारेका छन्।
33
Shares
प्रतिक्रिया