ad ad

खेल


युभेन्टसलाई हराउँदै भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

युभेन्टसलाई हराउँदै भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपालखबर
चैत ३, २०७८ बिहिबार ६:४१, काठमाडौँ

भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ मा युभेन्टसलाई समग्रमा ४–१ गोल अन्तरले हराउँदै भिलारियलले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

अन्तिम १६ को पहिलो लेगमा १–१ को बराबरी खेले पनि बुधबार राति भएको दोस्रो लेगमा भिलारियल ३–० ले विजयी भएको हो। 

बुधबारको खेलमा ७८ औं मिनेटसम्म दुवै टोलीबाट कुनै पनि गोल हुन सकेको थिएन।

यद्यपि त्यसपछि भिलारियलले २ ओटा पेनाल्टीको अवसर पायो। त्यस्तै पाउ टोरेसले एक गोल गरे। युभेन्टसले भने कुनै गोल गर्न सकेन। 

यससँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .