ad ad

खेल


पीएनजीबाट नेपालले पायो २०५ रनको लक्ष्य

पीएनजीबाट नेपालले पायो २०५ रनको लक्ष्य

नेपालखबर
चैत २, २०७८ बुधबार १४:५३, काठमाडौँ

विश्व क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी)बाट २०५ रनको लक्ष्य पाएको छ। 

यूएईको सारजहामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो। 

उसका कार्लोस एमिनीले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले। ८२ बल खेलेका उनले ७ चौका प्रहार गरे।

यस्तै चोद सोपरले ३५, टोनी उराले २७, नोर्मन भोनीले २३, असाद भालाले १९ र लागा साकीले २५ रन जोडे। 

नेपालका सोमपाल कामीले ३ विकेट लिए। १० ओभरमा उनले ४८ रन खर्चे। यस्तै आरिफ सेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट हात पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .