खेल


इमर्जिङ कप खेलेर फर्कियो क्रिकेट टोली

इमर्जिङ कप खेलेर फर्कियो क्रिकेट टोली

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ७:१५,

एसीसी इमर्जिङ कप क्रिकेट खेल्न बंगलादेश गएको नेपाली राष्ट्रिय टोली नेपाल फर्केको छ।

तीन खेल खेलेको नेपाल भारत र आयोजक बंगलादेशसँग पराजित भएको थियो। हङकङलाई भने नेपालले जितेको थियो।

बंगलादेशसँग ८ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।

एसीसी इमर्जिङ कपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, हङकङ, ओमान, श्रीलंका र यूएईले जनाएका थिए।

टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको यू–२३ टोलीको सहभागिता रहेको छ भने त्यसबाहेकका देशको सिनियर टोलीले भाग लिएको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad