उक्त खेल २–२ को बराबरीमा टुंगियो।
उरुग्वेका लागि इडिसन काभानी र लुइस स्वारेजले गोल गर्दा अर्जेन्टिनाको लागि सर्जियो अग्वेरो र लियोनल मेस्सीले गोल गरेका थिए।
यस खेलमा मेस्सी र काभानीबीच विवाद भएको थियो। मेस्सीमाथि फल भएपछि विवाद भएको थियो।
अर्जेन्टिनी पत्रिका ओलेका अनुसार विवादका क्रममा काभानीले मेस्सीलाई ‘कुस्ती खेल्ने हो’ भनेर सोधेका थिए।
काभानीको प्रश्न सुनेपछि रुष्ट बनेका मेस्सीले उत्तरमा ‘तिमीले जहिल्यै भन्छौं त्यहिबेला म तिमीसँग कुस्ती खेल्न तयार छु’ भनेर प्रतिक्रिया जनाएको पत्रिका ओलेले बताएको छ।
खेलको अन्तिम समयसम्म अर्जेन्टिना २–१ ले पछि थियो। अतिरिक्त समयमा मेस्सीको पेनाल्टी गोलसँगै अर्जेन्टिना हारबाट जोगिएको हो।
3
Shares

प्रतिक्रिया