खेल


एरिक विष्ट पोखरा थन्डर्समा, नवीन लामा ललितपुरतर्फ

एरिक विष्ट पोखरा थन्डर्समा, नवीन लामा ललितपुरतर्फ

नेपालखबर
फागुन २०, २०७८ शुक्रबार १८:२, काठमाडौँ

मिडफिल्डर एरिक विष्ट पोखरा थन्डर्सबाट एनएसएल खेल्ने भएका छन्।

क्याटेगोरी ए का विष्ट लाई ५ टोलीले बोली लगाएका थिए। उनी गोलाप्रथाबाट पोखरा पुगेका हुन्। उनले अधिकतम मुल्य ३ लाख ५० हजार रुपैयाँ पाउनेछन्। 

मिडफिल्डर नवीन लामालाई १ लाख ७० हजारमा ललितपुरले किनेको छ। नविन गत सिजन पनि ललितपुरबाट नै खेलेका थिए। 

मिडफिल्डर अभिषेक गुरुङ वीरगन्जबाट एनएसएल खेल्ने भएका छन्। उनी अधिकतम १ लाख रुपैयाँमा गोलाप्रथाबाट वीरगन्ज पुगेका हुन्। 

फरवार्ड राजेश परियार १ लाख रुपैयाँमा ललितपुर पुगेका छन्। उनीमाथि वीरगञ्ज र ललितपुरले बोली लगाएपछि गोलाप्रथाबाट राजेश ललितपुर पुगेका हुन्। 

डिफेन्डर पासाङ लामा एफसी चितवन पुगेका छन्। लामामाथि ४ टोलीले बोली लगाएका थिए। गोलाप्रथाबाट उनी चितवन पुगेका हुन्। गत सिजन उनी बुटवलबाट एनएसएल खेलेका थिए। 

डिफेन्डर दिपक गुरुङ काठमाडौ रेञ्जर्समा पुगेका छन्। क्याटेगोरी सी का दीपक १ लाख रुपैयाँमा गोलाप्रथाबाट झापाले लगेको हो। उनीमाथि ४ टोलीले बोलि लगाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad