संकटा क्लब र जावलाखेल युथ क्लबले कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै यो सिजनको लिग सकाएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा संकटा र जावलाखेलले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको १४ औँ मिनेटमा जावलाखेलका सुनिल खड्काले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको संकटाले दोस्रो हाफमा बराबरी गोल फर्कायो।
खेलको ६१औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–१ को अवस्थामा ल्याए।
जावलाखेलले १३ खेलमा ३ मा जित, ७ मा बराबरी र ३ खेलमा हार भोग्दै १६ अंक जोडेको छ। जावलाखेलले ३ खेलमा समान ५ खेलमा हार र बराबरीको नतिजा निकाल्दै १४ अंक जोडेको छ।
प्रतिक्रिया