आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सोमबार समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ। जुन खेलपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना तय हुनेछ।
छनोटको समूह बीमा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स गरी चार टोली छन्। चारमध्ये दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूह ए मा पनि यूएई, बहराईन, आयरल्याण्ड र जर्मनी गरी चार टोली छन्। त्यसमध्ये दुई महिना सेमिफाइनलमा हुनेछन।
सेमिफाइनल जित्ने दुई टोली फाइनलमा पुग्नेछन्। त्यसमध्ये महत्वपूर्ण कुरो, फाइनलमा पुग्ने दुबै टोली यसैवर्षको अन्त्यम अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।
समूह बीमा सुरुवाती दुई खेलमा ओमान र फिलिपिन्सलाई पराजित गर्दै नेपाल ४ अंकका साथ शीर्ष स्थानमा छ। समान २ अंक भएपनि नेट रनरेटका आधारमा क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छन्।
अब सोमबार नेपालले क्यानडा र ओमानले फिलिपिन्सविरुद्धसँग खेलेसँगै सेमिफाइनलमा पुग्ने दुई टोलीको टोली लाग्नेछ। यस्तोमा नेपालको सेमिफाइनल पुग्ने तीन सम्भावना यस्ता छन्–
१) पहिलो समिकरण
नेपालले क्यानडामाथि जित हात पारेमा सोझै सेमिफाइनल पुग्नेछ। ६ अंकसहित नेपाल समूह विजेता समेत बन्नेछ। यस्तो भएमा नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ। अहिलेको सम्भावना हेर्दा समूह ए का आयरल्याण्ड वा यूएईसँग नेपालको भेट हुने सम्भावना बलियो देखिएको छ।
२) दोस्रो समिकरण
३) तेस्रो समिकरण
फिलिपिन्सले ओमानलाई हराउँदा र नेपाल क्यानडासँग पराजित हुँदा पनि नेपालको सेमिफाइनल सम्भावना लगभग पक्का हुनेछ। यद्यपी कमजोर फिलिपिन्सले ओमानलाई पराजित गर्ने सम्भावना निकै न्यून छ। जितेमा भने समान ४–४ अंक भएका नेपाल र क्यानडा सेमिफाइनलमा हुनेछन्। २–२ अंकमा रोकिने ओमान र फिलिपिन्स बाहिरिनेछन।
Shares

प्रतिक्रिया