इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको छ।
अन्तिम समयमा मोरोक्कोका मिडफिल्डर हाकिम जियाचको गोलमा लन्डन क्लब चेल्सी प्यालेसलाई उसकै मैदान हराउन सफल भएको हो।
सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको प्रतिस्पर्धामा दोस्रो हाफमा जियाचले गरेको गोल नै नतिजाको निर्णायक बनेको हो। उनले ८९औं मिनेटमा गोल गरेका थिए।
जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २५ खेलबाट ५० अंक जोडेको छ। चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १३ तथा दोस्रो स्थानको लिभरपुलभन्दा ६ अंकले पछि छ। पराजित क्रिस्टल प्यालेस २६ अंकका साथ १३औं स्थानमा छ।
याे पनि : इंग्लिस प्रिमियर लिगमा नर्विचविरुद्ध लिभरपुलको जित
18
Shares

प्रतिक्रिया