ad ad

खेल


फिलिपिन्सलाई नेपालले दियो २१९ को विशाल लक्ष्य

फिलिपिन्सलाई नेपालले दियो २१९ को विशाल लक्ष्य

नेपालखबर
फागुन ७, २०७८ शनिबार १३:१९, काठमाडौँ

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई  २१९ रनको विशाल लक्ष्य दिएको छ।

ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो।

नेपालका ओपनर कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। उनले १३ चौका र एक छक्का प्रहार गरे। 

योसँगै उनी उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बने।

उनीअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्। 

पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रन र ज्ञानेन्द्रले सोहीवर्ष भएको १३औं दक्षिण एसियाली खेलकुद(साग)मा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए। 

कुशलसँग तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीले १७१ रनको साझेदारी गर्दै नेपाली इनिङ्स अघि बढाएका थिए।

दीपेन्द्रले ४७ बल खेल्दै ८३ रन बनाए। उनले ६ चौका र ४ छक्का प्रहार गरे। योसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने। 

यसअघि उनले यसै प्रतियोगिताअघि नेपालले खेलेको पाँच देशीय क्रिकेट शृंखलामा ओमानविरुद्ध ७३ र गत अप्रिलमा कीर्तिपुर मैदानमा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा ६० रनको पारी खेलेका थिए। 

नेपालबाट पारस खड्का र कुशल भुर्तेलका नाममा ४-४ वटा अर्धशतक छन्। यस्तै विनोद भण्डारीले दुई अर्धशतक पूरा गर्दा ज्ञानेन्द्र मल्ल, आसिफ सेख,​ कुशल मल्ल, सन्दीप जोराले एक एक अर्धशतक छन्।

नेपालका अर्का ओपनर आसिफ शेख शून्य र कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए। यस्तै लोकेश बम ६ रनमा नटआउट रहे। 

फिलिपिन्सविरुद्धको २१८ रन नेपालले टी-२० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो योगफल हो। यसअघि नेपालले कीर्तिपुरमा नेदरल्याण्ड्सविरुद्ध २३८ र भुटानविरुद्ध २३६ रन बनाएको थियो।

फिलिपिन्सका ड्यानियल स्मिथ, मिगी पोडोस्की र गुरभीपिनदर चोहानले १-१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .