खेल


फिलिपिन्सविरुद्ध कुशलको शतक

शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी
फिलिपिन्सविरुद्ध कुशलको शतक

नेपालखबर
फागुन ७, २०७८ शनिबार १३:९, काठमाडौँ

कुशल भुर्तेलले जारी टी-२० विश्वकपको ग्लोबल छनोटमा  सानदान शतक प्रहार गरेका छन्। 

योसँगै उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।

उन्नाइसौं ओभरको तेस्रो बलमा एक रन लिदैँ कुशलले शतक पूरा गरेका हुन्। उनले ५७ बलमा शतक पूरा गरेका थिए।

उनीअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्।

पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रनको शतकीय पारी खेलेका थिए।

यस्तै ज्ञानेन्द्रले सोहीवर्ष भएको १३औं दक्षिण एसियाली खेलकुद(साग)मा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए।

यसअघि यसै खेलमा उनी यसै खेलमार्फत नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad