नेपाली क्रिकेट टोलीका अनुभवी खेलाडी शरद भेषावकर ओमानमा जारी टी–२० विश्वकप छनोटको नेपाली टोलीबाट बाहिरिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी गोलीगाँठोमा लागेको चोटको कारण टोलीबाट बाहिरिएका हुन्।
शरदलाई नेपाली टोलीको अन्तिम १४ मा समावेश गरिएको थियो।
तर, ओमानसँगको खेलमा उनी बेन्चमा थिए। यससँगै उनको स्थानमा रिजर्भ खेलाडीको रुपमा रहेका कुशल मल्ललाई टोलीमा मौका दिइएको छ।
यसअघि ढाडको समस्याको कारण करण केसी पनि टोलीबाट बाहिरिएका थिए। उनको स्थानमा गुल्सन झाले टोलीमा मौका पाएका छन्।
नेपालले शनिबार फिलिपिन्सको सामना गर्दै छ। त्यस्तै सोमबार समूहको अन्तिम खेलमा नेपालले क्यानडासँग खेल्नेछ।
108
Shares
प्रतिक्रिया