ad ad

खेल


फिलिपिन्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन

फिलिपिन्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन

नेपालखबर
फागुन ७, २०७८ शनिबार १०:५९, काठमाडौँ

आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। 

तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई यस खेलमा विश्राम दिइएको हो। 

उनीहरुका स्थानमा ​अलराउण्डर कुशल मल्ल र तीव्र गतीका बलर गुलसन झालाई समावेश गरिएको छ। 

टी-२० अन्तर्राष्ट्रियमा गुलसनको यो डेब्यू खेल हो। एकदिवसीय अन्तर्राष्ट्रियमा भने उनले गत भदौमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध भएको खेलबाट नेपालका लागि डेब्यू गरेका थिए। जुन उनले राष्ट्रिय टोलीबाट खेलेको एकमात्रै खेल हो। 

कुशल मल्ललाई यसै खेलमार्फत नेपालले १४ सदस्यीय टोलीमा स्थान दिएको छ। यसअघि उनी रिजर्भ खेलाडीका रुपमा रहेका थिए। शरद भेषावकर घाइते भएपछि कुशलले टोलीमा स्थान बनाएका हुन्।

नेपाली सुरुवाती ११ मा कप्तान सन्दीप लामिछाने, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा र अभिनास बोहरा रहेका छन्। 

यसअघि शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो। फिलिपिन्सविरुद्ध ठूलो जित हात पार्दै रनरेट बलियो बनाउँने नेपालको लक्ष्य हुनेछ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .