ad ad

खेल


नेपालको घातक बलिङ, १० ओभरमा लियो ६ विकेट

नेपालको घातक बलिङ, १० ओभरमा लियो ६ विकेट

नेपालखबर
फागुन ६, २०७८ शुक्रबार १४:२३, काठमाडौँ

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा नेपाल ओमानमाथि बलियो अवस्थामा पुगेको छ।

११८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १० ओभरको खेल सकिदा ६ विकेट गुमाइसकेको छ। 

अविनाश बोहोराले नवौं ओभरमा ओमानका सोएब खानलाई आउट गर्दै नेपाललाई छैटौं सफलता दिलाएका हुन्।

१० ओभरमा ओमानलाई ३९ रनमै रोक्न  नेपालका बोहोरासहित कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले १-१ विकेट लिएका छन्। 

त्यसअघि ​ब्याट्सम्यानहरुले खराब प्रदर्शन गरेपछि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नेपालका लागि आरिफ सेख ३८ रन बनाए। ३७ बलमा उनले २ चौका प्रहार गरे। कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाएपछि नेपाल उक्त स्कोरमा पुगेको हो। 

नेपालले दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई सस्तैमा गुमाएको थियो। 

कुशलले ५ तथा आसिफले ४ रनमात्रै जोड्न सके। यस्तै तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ रन जोडे। १५ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए। 

त्यसबाहेक दीपेन्द्रसिंह ऐरी १८ बलमा एक चौका प्रहार गर्दै ११ रन जोडे। उनको स्थानमा क्रिजमा आएका लोकेश बमपनि धेरै बेर टिकेनन। १७ बलमा एक छक्कासहित उनले १६ रन बनाए।

त्यसपछि क्रिजमा आएका विवेक यादव पनि १० बल खेल्दै ७ रनमै आउट भए। कलमसिंह ऐरी पनि १ रनमै पवेलियन फर्किए।

जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। 

सेमिफाइनलबाट फाइनलमा पुग्ने टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। 

ओमानको अल अमिरात मैदानमा जारी खेलमा नेपालले यस खेलमा शरद भेषावकर, सागर ढकाल, गुलशन झा पनि बेन्चमा छन्। 

नेपालको सुरुवाती-११ मा सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव र लोकेश बम छन्।

ओमान र नेपाललाई ग्रुप बी बाट सेमिफाइनलमा पुग्ने दुई बलियो दाबोदार टोली हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .