आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले ओमानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।
ओमानको अल अमिरात मैदानमा केहीबेरमा खेल सुरु हुनेछ।
नेपालले यस खेलमा शरद भेषावकरलाई बेन्चमै राखेको छ। शरदसँगै सागर ढकाल, गुलशन झा पनि बेन्चमा छन्।
नेपालको सुरुवाती-११
सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव र लोकेश बम।
नेपालले विश्वकप छनोटको तयारीको रुपमा खेलिएको चार देशीय सिरिजमा भने ओमानलाई हराएको थियो।
ओमान र नेपाललाई ग्रुप बी बाट सेमिफाइनलमा पुग्ने दुई बलियो दाबोदार टोलीको रुपमा हेरिएको छ।
यस खेलमा जित हात पार्ने टोलीलाई सेमिफाइनलमा पुग्न केही सहज हुनेछ।
८ टोलीबीच यस छनोटमा प्रतिस्पर्धा हुनेछ। फाइनल पुग्ने टोली यसवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
यो पनि: आठ वर्षपछि जुरेको विश्वकपको अवसर : के नेपाल छनोट होला?
Shares

प्रतिक्रिया