युरोपा कप अन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोना नेपोलीसँग बराबरीमा रोकिएको छ।
बिहीबार भएको अन्तिम ३२ अन्तर्गतको पहिलो लेगको खेलको २९ औं मिनेटमा नै नेपोलीले अग्रता लिएको भए पनि अन्तिम समयसम्म यसलाई बचाउन भने सकेन।
खेलको ५९ औं मिनेटमा बार्सिलोनाका लागि फेरान टोरेसले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।
च्याम्पियन्स लिगको सम्भावना गुमाइसकेको बार्सिलोनाले आफ्नो युरोपा लिगको सपना भने कायम राखेको छ।
आगामी बिहीबार यी दुई टोलीको बीचमा पुनः प्रतिस्पर्धा हुनेछ। उक्त खेलले माथिल्लो चरणमा पुग्ने टोलीको निधो गर्नेछ।
27
Shares
प्रतिक्रिया