ad ad

खेल


एपीएफसँग मनाङ स्तब्ध

एपीएफसँग मनाङ स्तब्ध

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०७८ बिहिबार १५:२, काठमाडौँ

ए डिभिजन लिगको सर्वाधिक सफल मनाङ मस्र्याङदी क्लब नेपाल एपीएफ फुटबल क्लबसँग स्तब्ध भएको छ। 

काठमाडौमा जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा मनाङ एपीएफसँग ३-१ ले पराजित भयो। 

एपीएफले लिगमा तेस्रो जित दर्ता गरेको दिन मनाङले भने तेस्रो हार भोगेको हो। 

खेलको ३७ औँ मिनेटमा कप्तान अन्जन विष्टको गोलमा मनाङले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा एपीएफसँग हार भोग्न बाध्य भयो। 

खेलको ४० औँ मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए। 

पहिलो हाफमा बराबरी गरेको एपीएफले दोस्रो हाफमा २ गोल थप्यो। 

खेलको ८१ औँ मिनेटमा मनि कुमार लामाले गोल गर्दै एपीएफलाई २-१ को स्थितिमा ल्याए। ८७ औँ मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपीएफको जित पक्का गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .