ad ad

खेल


बेइजिङ ओलम्पिकको प्रशंसा गरेको भन्दै अमेरिकी खेलाडीलाई ट्वीटरमा प्रतिबन्ध

बेइजिङ ओलम्पिकको प्रशंसा गरेको भन्दै अमेरिकी खेलाडीलाई ट्वीटरमा प्रतिबन्ध

नेपालखबर
फागुन ५, २०७८ बिहिबार ८:४८, काठमाडौँ

अमेरिकी ओलम्पिक खेलाडी आरोन बुंकलाई सामाजिक सञ्जाल ट्वीटरले प्रतिबन्ध लगाएको छ। चीनको बेइजिङमा चलिरहेको शीतकालीन ओलम्पिकको प्रशंसा गरेको भन्दै तीनपटक ओलम्पिकमा सहभागी भइसकेका स्कि खेलाडीमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो।

 ‘उनीहरुले आफ्नो काम पूर्णरुपमा कोभिड–१९ को मापदण्ड पालना गर्दै इमान्दारीका साथ गरिरहेका छन्’, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने।

 साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले ओलम्पिक खेलको कभरेज पक्षपाती भएको भन्दै आलोचना पनि गरे। ‘मलाई वास्तवमा के अपेक्षा गर्नुपर्छ भन्ने थाहा छैन। तर, तपाइँहरुले आफ्नो देशमा निकै नराम्रो मिडिया सुनिरहनुभएको छ यो निकै गलत छ’, उनले भने। 

२५ वर्षीय बुंकले ट्वीटरले आफूलाई कुनै पनि जानकारी नदिई प्रतिबन्ध लगाएको बताए। उनले आफूमाथि ट्वीटरले लगाएको प्रतिबन्धको अर्को सामाजिक सञ्जाल इन्स्टाग्राममा विरोध जनाएका थिए। उनले आफूले सत्य बोल्दा सरकारले प्रतिबन्ध लगाएको उल्लेख गरेका छन्। 

बुंकले १५ वर्षको उमेरदेखि नै अमेरिकाको लागि प्रतिनिधित्व गर्दै ओलम्पिक खेल्दै आएका छन्। उनले बेइजिङ शीतकालीन ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट व्यवस्थापन देखिएको उल्लेख गरेका छन्।

उनका अर्का साथी २७ वर्षीय एलेक्स फेरिएरा पनि बेइजिङ ओलम्पिकमा आएका मानिस र कर्मचारीहरु निकै उदार र असल स्वभावको भएको बताउँछन्।  उनीहरु निकै सुखी समुदायका मानिसहरु भएको देख्दा आफूलाई पनि खुसी लागेको उनको भनाइ छ। 

सामाजिक सञ्जाल ट्वीटरले भने बुंकको एकाउन्ट केही त्रुटिको कारण सस्पेन्ड भएको र अहिले उक्त समस्या समाधान भइसकेको बताएको छ। बेइजिङ शीतकालीन ओलम्पिकको प्रशंसा गर्नेमा अमेरिकी स्कि खेलाडी मात्र छैनन्। 

अमेरिकी स्नो बोर्डर खेलाडी टेसा माउड पनि बेइजिङ ओलम्पिकको आन्तरिक व्यवस्थापनबाट प्रभावित भएकी छिन्। उनले आफूलाई बेइजिङ ओलम्पिकमा गरिएको स्वागतले आँखा नै रसाएको उल्लेख गरेकी छिन्। 

सबै चिनियाँ स्वयंसेवकले निकै राम्रो व्यवहार गरेको र आफूहरु बेइजिङ आउँदा उनीहरु पनि निकै खुसी भएको उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .