ad ad

खेल


भारतीय प्रवासी र फिलिपिनो-अष्ट्रेलियनले धानेको फिलिपिनीको क्रिकेट सपना

भारतीय प्रवासी र फिलिपिनो-अष्ट्रेलियनले धानेको फिलिपिनीको क्रिकेट सपना

नेपालखबर
फागुन ४, २०७८ बुधबार १९:४५, काठमाडौँ

फिलिपिन्स ब्याटरभन्दा पनि बक्सरको देशका रुपमा परिचत छ। यस देशको क्रिकेट टोलीले तीन वर्षयता कुनै खेल खेलेको छैन। तर एमेच्योर खेलाडीहरु यसपटक टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रभावशाली प्रदर्शन गर्न आतुर छन्।

नेपाल, आयरल्याण्ड, यूएईजस्ता दाबेदार टोलीहरुसहित प्रतियोगितामा भिड्ने आठमध्ये फिलिपिन्स सबैभन्दा कमजोर वरीयताको टोली हो। कति त फिलिपिन्स विश्वकप छनोटमा कसरी पुग्यो भन्नेमै आश्चर्यमा छन्। 

‘यो दन्त्यकथा जस्तै छ,’ टोलीका कप्तान कप्तान जोहानथ हिल भन्छन्। उनी अष्ट्रेलियाको न्यूसाउथ वेल्सस्थित एक स्कुलका शिक्षक हुन्। जहाँ उनी क्लब क्रिकेट खेल्छन्। 

फिलिपिन्सको टोली राजधानी मनिलामा रहेका भारतीय प्रवासी र फिलिपिनो–अष्ट्रेलियनहरुले भरिएको छ। अधिकांश समय अष्ट्रेलियामै बिताउने फिलिपिनो–अष्ट्रेलियनहरु कामबाट छुट्टी मिलाउँदै प्रशिक्षणका लागि र क्रिकेट खेल्न फिलिपिन्स पुग्छन। 

फिलिपिन्सले अन्तिमपटक खेलेको खेल टी–२० विश्वकपको क्षेत्रीय छनोटमा भानुअतुविरुद्ध खेलेको थियो। त्यसयता राष्ट्रिय टोलीले कुनै खेल नखेलेको नै तीन वर्ष बितिसकेको छ। 

Sivamohanreddy Busireddy plays a defensive shot during a training session for the Philippines cricket team. Photo: AFP

कोरोना महामारीका कारण फिलिपिन्सका खेलाडीहरु कहिलै एकजुट भएर खेलेनन्। ग्लोबल छनोटका लागि भने अघिल्लो हप्तामात्रै १४ खेलाडीलाई एकजुट पारिएको थियो। कतिपय खेलाडीहरुबीच त्यहीबेला पहिलोपटक त्यहीबेला चिनजान भएको थियो। शुक्रबार नै उनीहरुले क्यानडाविरुद्ध खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछन।  

‘हामी अवश्य पनि ठूलो अन्डरडग हौं,’ कप्तान हिल भन्छन्, ‘तर अन्तिममा फेरि पनि क्रिकेट खेल हो। यो ब्याटविरुद्ध बलको संघर्ष हो। हारजितको नतिजा त निस्कन्छ नै।’
ग्लोबल छनोटको फाइनलमा पुग्ने दुई टोलीले यस वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ। 

‘हामी सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं,’ ४२ वर्षीय अफस्पिनर बिमल कुमार भन्छन्, ‘यो अप्रत्याशित खेल हो। कसले जित्छ, कसले हार्छ भन्नै सकिँदैन।’

बिमलले पनि आफ्नो व्यापारिक कारोबारबाट छुट्टी लिएर मनिलामा हुने दुर्लभ अभ्यास सत्रमा भाग लिएका हुन्। 

ओमानमा आउन खेलाडीहरुले आर्थिक जोहो समेत आफै गर्नुपर्यो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले खेलाडीको यात्रा र आवासको व्यवस्था गरिदिएको थियो। त्यसबाहेकको सम्पूर्ण खर्च खेलाडी आफैले व्यक्तिगत रुपमा ब्यहोरेका हुन्। 

अष्ट्रेलियन मुलका प्रशिक्षक हेनरी टेलरले प्रशिक्षण सामग्रीहरु खरिदका लागि गोफन्डमीमार्फत अर्थ संकलन अभियान नै चलाएका थिए। जहाँबाट उनको ७ हजार ५ सय अष्ट्रेलियन डलर उठ्ने आशा छ। 

‘फिलिपिन्सको प्रतिनिधित्व गर्न हामीले कामबाट बेतलबी विदा लिनुपर्छ,’ प्रशिक्षक टेलरले अर्थ संकलन अभियानका क्रममा लेखेका छन्।Philippines cricket players train at the United Club pitch in Paranque City in suburban Manila. Photo: AFP

फिलिपिन्समा क्रिकेट खेल्न थालिएको एकदशक हुन थाल्यो। तर यस पूर्व अमेरिकी उपनिवेशमा बास्केटबल र बक्सिङ एकदमै लोकप्रिय हुँदा क्रिकेट भने कहिले फस्टाएन। 

सन् १९९९ मा दुई प्रवासीहरुले मनिलामा फिलिपिन्स क्रिकेट एसोसियसनको स्थापना गरेका थिए। त्यसको दुईवर्षपछि फिलिपिन्स आइसीसीको एसोसियट सदस्य बन्यो। अहिले फिलिपिन्ससँग राष्ट्रिय पुरुष र महिला टोली छ। घरेलु प्रतियोगिता समेत हुन थालेको छ। 

२०११ बाटमात्रै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको फिलिपिन्सले आफ्नो क्षेत्रका अरु कमजोर टोलीहरुलाई हराएको छ। यसपटक भने शीर्ष २० वरीयताका टोलीसँग खेल्नु उसका लागि सबैभन्दा ठूलो अवसर हो। 

‘हामी दिनप्रतिदिन राम्रो भन्दा राम्रो बन्दै जाने प्रयास गर्नेछौं,’ एसोसियसनका सहसंस्थापक फैजल खान भन्छन्, ‘कसलाई थाहा छ र, हामी एकदिन विश्वकप पो खेल्छौं कि!’

विश्वकप छनोटमा नेपाल र फिलिपिन्सविरुद्धको खेल फागुन ७ गते छ। 

-एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .