त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी गर्दै अंक बाँडेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा शेर्पासँग एक एक गोलको बराबर गर्दै अंक बाँडेको हो।
आर्मीले जारी लिगमा सातौँ खेलमा बराबरीको नतिजा निकालेको हो। खेलको पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा आर्मीले शेर्पासँग अंक बाँड्न बाध्य भयो। खेलको २६ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलमा आर्मीले अग्रता बनाएको थियो। जर्जप्रिन्सले टेक बहादुर बुढाको पासमा गोल गरे।
पहिलो हाफमा १–० ले अग्रता बनाएको आर्मीले दोस्रो हाफमा जोगाउन सकेन। खेलको ६५ औँ मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो।
लिगमा अपराजित आर्मीले ११ खेलमा ४ मा जित र सातमा बराबरीको नतिजा निकालेको छ। बराबरीपछि १९ अक पुर्याएको आर्मी तेस्रो स्थानमा यथावत छ।
उता समान खेलबाट १३ अंक पुर्याएको शेर्पा आठौँ स्थानमा यथावत छ। शेर्पाले ३ खेलमा जित, ४ मा बराबरी र ४ खेलमा हार भोगेको छ।
Shares
प्रतिक्रिया