मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गरेको छ।
बुधबार दशरथ रंगशालामा भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्र २ खेलअगावै लिग च्याम्पियन बनेको हो।
लिगमा अपराजित रहेको मछिन्द्रले ११ औँ चरणसम्म आईपुग्दा ९ खेलमा जित र २ खेलमा बराबरी गरेको छ। मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ। एक खेल कम खेलेको मनाङको २० अंक छ।
पहिलो हाफमा गोलरहित बराबरी गरेको मछिन्द्रका लागि खेलको ५३ औँ मिनेटमा नुर्लान जाहितले निर्णायक गरे।
लिगको छैटौँ चरणमा अर्को उपाधि दाबेदार मनाङ मस्र्याङदी क्लबलाई १–० ले पराजित गरेपछि मछिन्द्रको उपाधि होड यात्रा सहज बनेको थियो।
51
Shares
प्रतिक्रिया