ad ad

खेल


मध्यपुर युथ एसोसिएसनलाई बिज एजुकेशन कन्सल्टेन्सीको प्रायोजन

मध्यपुर युथ एसोसिएसनलाई बिज एजुकेशन कन्सल्टेन्सीको प्रायोजन

नेपालखबर
फागुन ४, २०७८ बुधबार १४:६, काठमाडौँ

बी डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनलाई बिज एजुकेशन कन्सल्टेन्सीले आगामी ५ वर्षका लागि मुख्य प्रायोजन गरेको छ। 

फागुन १८ गते देखि सुरु हुने बी डिभिजन लिग खेल्ने तयारीमा रहेको मध्यपुरलाई लिनिङ र युक्यानले किट्स प्रायोजन गरेको हो। 

मध्यपुरले बुधबार एक कार्यक्रमबीच बिज र युक्यानसँग छुट्टाछुट्टै सम्झौता गरेको हो। सम्झौता पत्रमा मध्यपुरका अध्यक्ष उपेन्द्रमान सिंह र बिजका प्रबन्ध निर्देशक हरि कार्की तथा  लिनिङ र युक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले हस्ताक्षर गरे। 

सम्झौता अनुसार बिजले मध्यपुरलाई बी डिभिजनमा रहँदा सम्म बार्षिक १० लाख र ए डिभिजनमा बढुवा भएको अवस्थामा बार्षिक ३० लाख रुपैयाँ दिने प्रबन्ध निर्देशक कार्कीले बताए। 

लिनिङ तथा युक्यानका प्रमुख कार्यकारी अधिकृत महर्जनले ६ वर्षदेखि क्लबसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि सहयोग गरिरहने बताए। 

मध्यपुरका खेलाडीलाई प्रतियोगिता र प्रशिक्षणका समयमा प्रयोग गर्ने किट्स लिनिङ र युक्यानले उपलब्ध गराउने छ।

किट्स झण्डै ९ लाख रुपैयाँ बराबर रहेको महर्जनले बताए। मध्यपुरका खेलाडीले लगाउने जर्सीमा बिजको लोगो प्रयोग गर्नेछ। 

मध्यपुर थिमी नगरपालिकाले पनि क्लबलाई तीनवटा शीर्षकमा वार्षिक २० लाख रुपैयाँ दिँदै आएको छ। त्यसमध्ये क्लबको लिग सहभागिताका लागि १० लाख तथा विद्यालय प्रतियोगिता र ग्रास रुटका लागि समान ४ लाख रुपैयाँ छुट्ट्याइएको छ। 

सोही अवसरमा अष्ट्रेलिया बसोबास गर्दै आएका सुवास श्रेष्ठले ग्रास रुटका लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरे। त्यस्तै एमपीएमले पनि क्लबलाई ५० हजार रुपैयाँ सहयोग गरेका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .